नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव–२०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले सो कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्त्वलाई उजागर गर्न आवश्यक रहेको बताइन् । उनले नेपाली समाजका युगौँदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् ।

उनले नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्‍याएर प्रमाणित गर्नु आजको आवश्यकता भएको बताइन् ।

राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर