सिट बाँडफाँटमा दलहरू लचिलो हुनुको विकल्प छैन : मन्त्री कार्की

]सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिपूर्वक सिट बाँडफाँट सम्पन्न गर्नका लागि सबै दलहरू लचिलो हुनुको विकल्प नरहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सिट बाँडफाँटका लागि शीर्ष नेताहरूको छलफलका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धनका शीर्ष नेताहरूको छलफल निर्णयको नजिक रहेको बताए । मन्त्री कार्कीले निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले छलफल भइरहेको र बैठकको अवस्था सकारात्मक रहेको बताए ।

उनले बैठकमा दिव्पक्षिय, त्रिपक्षिय र सामुहिक रुपले छलफल प्रारम्भ भएको जानकारी दिनुभयो । मन्त्री कार्कीले दलहरुको आफ्नो आफ्नो अडान कायम रहेको भन्दै दलहरुका अडानमा सुक्ष्म ढंगले विश्लेषण भइरहेको बताए ।

मन्त्री कार्कीले केही निर्वाचन क्षेत्रमा सबै दलहरूले आफ्नो आफ्नो दाबी गरेका कारण उम्मेदवार टुंगो लगाउन छलफल भइरहेको बताए । आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्तारूढ गठबन्धनभित्रका पाँच दलबीच सिट बाँडफाँटको टुंगो लगाउन लामो समय यता बैठक र छलफल चलिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर