
नेप्से परिसूचकमा १३.५४ अंकको गिरावट


साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेप्से परिसूचक ओरालो लागेको छ । सोमबार नेप्से सूचक १३.५४ अंकले घटेर १९१२.७४ बिन्दुमा झरेको छ ।
त्यस्त सेन्सेटिभ इण्डेक्स यस दिन २.३९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६९ अंक घटेको छ ।
सोमबार कारोबारमा आएका २२५ कम्पनीको २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ । आइतबार कारोबारमा ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूह मध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२२ प्रतिशतले बढेको छ ।
त्यस्तै अन्य, हाइड्रोपावर र फाइनान्स उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।
नेप्से घटे पनि सोमबार युनाइटेड ईडी मार्दीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेको छ । यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.८७ प्रतिशतले घटेको छ । नबिल बैंकको सबैभन्दा धेरै ४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
- स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार : तत्कालीन निर्देशक मिश्रसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ : प्रधानमन्त्री
- प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री ओली
- ‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
प्रतिक्रिया