नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

पछिल्लो समय निरन्तर रूपमा घट्दै आएको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २१ दशमलव ३० अंकले उकालो लागेर एक हजार नौ सय ३४ दशमलव शून्य चार अंकमा उक्लेको हो ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । सोमवार २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ । बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबार नेप्से बढेसँगै बोटलर्स नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशतले बढेको छ ।

यता सामुदायीक लघुवित्तको शेयरमूल्य २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *