‘नाष्टका अनुसन्धान केन्द्रहरू विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले स्थापना गरेको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) ले अनुसन्धानको विषयमा चासो नदिएको गुनासो गरेका छन् ।

मंगलबार गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भए पनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरूलाई नै चासो नरहेको बताए । उनले नाष्टमा रहेका व्यक्तिहरू अनुसन्धानमा भन्दा बाहिरी कुरामा चासो देखाउने गरेको बताए ।

मन्त्री पौडेलले नाष्टका अनुसन्धान केन्द्रहरू विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने पहलकदमी थालिएको बताए । उनले नेपालमा अनुसन्धानका कार्यक्रम अघि बढाउन सके नयाँ प्रतिभा भएका युवा पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री पौडेलले देश निर्माण गर्ने संकल्प हामी सबै नेपालीले गर्नुपर्ने बताए । उनले देश विकासका लागि धेरै लगानी गर्न आवश्यक नरहेको उल्लेख गर्दै विगतमा बनेका संरचनालाई पुनःस्थापना गर्नुपर्ने बताए ।

उनले जलविद्युत् अब अन्य देशहरूले नकिन्न सक्ने आशंका व्यक्त गरे । उनले अन्य देश सम्पन्न भइसकेको र विविध प्रविधिको प्रयोगबाट ऊर्जा प्राप्त गर्ने भएकाले जलविद्युत् नकिन्ने बताए ।

मन्त्री पौडेलले प्रकृतिलाई जोगाएर पर्यटन क्षेत्रको प्रचार गर्नसके मात्रै पनि नेपालको विकास हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर