राजस्व परामर्श समितिले पुसभित्र सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउँछ : अध्यक्ष दाहाल

राजस्व परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले समितिले आगामी आर्थिक वर्षमा सरकारले बजेटमा व्यवस्था गर्नुपर्ने नीतिको विषयमा पौष महिनाभित्र नै सुझाव पेस गर्ने बताएका छन् ।

मंगलबार समितिको कार्यालयमा भएको वैदेशिक व्यापारसम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै समितिले व्यवसायिक संस्था तथा निजी क्षेत्रको सुझावसहितको प्रतिवेदन पौष महिनाभित्र बुझाउने बताएका हुन् । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमामा समावेश गर्नुपर्ने विषयमा प्रदिवेदन बनाउनको लागि पाँच वटा समिति बनाएर काम गरिरहेको बताए ।

अध्यक्ष दाहालले समितिले प्रदेशस्तरको राजधानीहरूमा गएर त्यहाँका व्यवसायी र सरकारी निकायहरूको सुझावसमेत लिने तयारी भएको बताए । उनले पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएका समस्या र सम्भावित राजस्व विस्तारको क्षेत्रका विषयमा पनि ८ वटा अध्ययन सुरु गरिएको बताए ।

अध्यक्ष दाहालले चोभार सुख्खा बन्दरगाहलाई निर्यात बन्दरगाहको रूपमा लैजान सरकारलाई सुझाव दिएको बताए । उनले सरकारले निर्यात बन्दरगाह बनाए निर्यातको लागि उद्योगी व्यवसायीहरू काठमाडौंबाहिर जान नपर्ने बताए ।

समिति सदस्य लेखनाथ शर्मा पंगेनीले पछिल्लो समय वैदेशि व्यापारमा सीमा नाकाबाट चोरीपैठारी भएको विषयमा सरकारका सम्बन्धित निकायलाई अनुगमन गर्न सुझाव दिएको बताए । उनले पछिल्लो समय सीमाभन्दा बढी सामान ल्याउने र नाकामा डम्पिङ गरी विचौलियाको संयन्त्र बनाएर बजारमा चोरीपैठारीका सामान आउने गरेको बताए ।

उनले सरकारलाई भन्सार विभाग, राजस्व विभाग र व्यवसायीहरूलाई समेत राखेर अन्तक्रिया गरी अवैध व्यापार नियन्त्रण गर्न सुझाव दिएको बताए । सदस्य पंगेनीले सरकारलाई सहज रूपमा राजस्व आउने र व्यापार व्यवसाय पनि पारदर्शी रूपमा बनाउन सरकारलाई सुझाव दिएको बताए ।

उनले समितिले राजस्व परामर्शसँग सम्बन्धित निकाय र व्यवसायीहरूलाई समेत सचेत गराउने काम गर्दै आएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर