राष्ट्रिय सभाले दुई विधेयक छलफलका लागि विधायन समितिमा पठायो

राष्ट्रिय सभाले दुई वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सो समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

दुवै विधेयकलाई सो समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले बैठकमा पेस गरेका थिए । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न २ बजेर ५९ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *