चोलेन्द्रले आरोप लगाएका सर्वोच्चका न्यायाधीशलाई पनि महाभियोग समितिमा बोलाइने

महाभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरूलाई समितिमा बोलाउने भएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वप्रधानन्यायाधीश, बार पदाधिकारी र न्यायाधीशहरूलाई बोलाउने निर्णय गरेको हो ।

समितिको बैठकपछि बोल्दै महाभियोग सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले समितिले अहिले क–कसलाई बोलाउने भनेर नाम संकलन गरिरहेको बताए । उनले बिहीबार बस्ने समितिको बैठकमा विभिन्न समयमा अधिवक्ता, बार पदाधिकारी र पूर्वप्रधानन्यायाधीशहरूलाई बोलाउने समय निर्धारण गर्ने बतए ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश, पूर्वप्रधान्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूको नाम लिएका थिए । उनीहरू सबैलाई बोलाउन पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर