सरकारले आफ्नै पार्टीका सांसद निर्वाचित भएको क्षेत्रमा पनि बजेट निकासा दिएन : खगराज अधिकारी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरू निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनल े यस्तो आरोप लगाएका हुन् ।

प्रतिपक्ष दलमाथि प्रतिसोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गरे । उनले गुठियारहरूको समस्या समाधान गर्न सरकार उदासीन रहेकोे भन्दै आक्रोश व्यक्त गरे ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सोसम्बन्धी विधेयकको विरोध गर्नेहरू अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाब दिए ।

सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भिरतापूर्वक छलफल गरी गुठियारहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर