सांसद प्रेम सुवालको आरोप- डेंगु नियन्त्रणमा स्वास्थ्यमन्त्रीले नेतृत्वदायी भूमिका खेल्न सकेनन्

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रूपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

डेंगु रोगका कारण नागरिकहरूको मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै सांसद सुवालले त्यसबारे संसद्लाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गरेका हुन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । सांसद सुवालले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरसफाइको कामसमेत गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सांसद सुवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरे पनि त्यसको सदुपयोग गर्न नसकेको गुनासो गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *