उठेर दुई कदम पनि हिँड्न नसक्ने बूढाहरूले टिकटको चर्को आकांक्षा राखेका छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् । अध्यक्ष नेपालले नगरे पनि हुन्थ्यो नि भन्नेहरूले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उनले उठेर दुई कदम पनि हिँड्न नसक्ने बूढाहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको बताए । अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहोस् हुने हो कि भन्ने आफूलाई लागेको पनि बताए ।

अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *