‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपतिको चाहना

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छन् ।

५८औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालबालिकाहरूको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना व्यक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरू अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरूलाई पनि त्यसमा चासो राख्न आग्रह गरिन् । उनले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिईरहेका र काम गरिरहेका संस्थाहरू दर्जनौं रहेको उल्लेख गर्दै आभारसमेत व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले बालबालिकाहरूको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वाससमेत व्यक्त गरिन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरूलाई व्यापक अर्थमा बुझि सोहीअनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गरिन् । त्यस क्रममा बालबालिकाहरूले कला र साहित्यका विभिन्न विधा प्रस्तुत गरेका थिए ।

राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएकी छन् । उनले ठाउँ अलि सानो भएकाले बालबालिकाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न कठिनाइ भएको आफूलाई अनुभूति भएको पनि बताइन् ।

यस वर्ष सरकारले सो दिवसको मूल नारा ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ तय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर