सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो छैन : पूर्वमुख्यसचिव विमल कोइराला

पूर्वमुख्यसचिव विमल कोइरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् ।

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव कोइरालाले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्रले सहकार्य गरेर मुलुकभित्र उत्पादन र उत्पादकत्व बढाउनुपर्ने भए पनि दुवै आफ्नो आफ्नो स्वार्थ र सानासाना कुरामा अल्झेर बसेको बताए ।

कोइरालले सरकारले जनतालाई समृद्धि वितरण गर्ने वा गरिबी भन्ने विषय स्पष्ट हुनुपर्ने बताए । उनले मुलुकभित्र उत्पादन र उत्पादकत्व बढाउन सके मात्रै समृद्धि वितरण गर्नसक्ने दाबी गरे ।

कोइरालले पछिल्लो समय अर्थतन्त्रमा देखिको समस्याको दीर्घकालिन समाधान गर्न सरकारले आयातलाई प्रतिबन्ध भन्दा पनि उत्पादन बढाएर निर्यात वृद्धिमा जोड दिनुपर्ने बताए । उनले नेपाली उत्पादनको खपत बढाउनको लागि नेपाली उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढाउन आवश्यक रहेको बताए ।

उनले उद्योगहरूको प्रतिस्पर्धी क्षमता बढाउनको लागि सरकारले उद्योगको संरक्षण र अन्य सुविधा दिनुपर्ने बताए । उनले अहिले सरकार र निजी क्षेत्रको दुवैको उत्पादनमा प्रतिस्पर्धी क्षमता बढाउनेतिर ध्यान नगएको बताए ।

कोइरालले सरकार तुलनात्मक लाभ विद्युत्, पर्यटन र कृषि भनेर बसे पनि तुलनात्मक लाभले केही नहुने बताए । उनले उत्पादन र उत्पादकत्व बढाएर नेपालमा नै उपभोग हुने वातावरण सरकारले बनाउनुपर्ने बताए । कोइरालले अहिले सरकारको नियन्त्रणमुखी नीति बढी र खुला नीति कम भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *