करको दायरा बढाउनका लागि नगर सहजीकरण गर्न तयार छ : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजीकरण गर्न तयार रहेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले बागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाइ औजार तथा बिरुवा सुरक्षा जाली हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले व्यवसायीहरूलाई व्यवसाय दर्तामा समेत सहजीकरण गर्ने र करको दायरा बढाउने काममा सहजीकरण गर्ने बताएकी हुन् ।

उनले अहिले काठमाडौं महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन् । उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन् ।

उपप्रमुख डंगोलले व्यवसाय दर्ता गर्दा व्यवसायीहरूलाई असहज नहुने र महानगरमा पनि रेकर्ड रहने र करको दायरा बढाउने गरी काम गर्न प्रतिबद्ध रहेको बताइन् । संघले समितिलाई बिरुवाको सुरक्षाको लागि आवश्यक पर्ने तारजाली करिव ७ लाख ४४ हजार ५ सय बराबरको सामग्री हस्तान्तरण गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर