![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
जय नेपाल हलको कम्पाउण्डभित्रै भेटियो टुकुचा खोला
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![जय नेपाल हलको कम्पाउण्डभित्रै भेटियो टुकुचा खोला](https://www.pardafas.com/wp-content/uploads/2022/09/Tukucha.jpg)
जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचा खोला भेटिएको छ । बिहीबारकाठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा टुकुचा खोला १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो ।
महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा खोला भेटिएको जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब रहेको थियो ।
विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो । गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
महानगरले उक्त सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैँ टुकुचा खोलाको खोजिमा जुटेको थियो । महानगरले टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ शुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीवार डोजेर लिएर पुगेको थियो ।
प्रतिक्रिया