सर्वोच्चले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गर्‍याे : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद् पुनर्स्थापना गरेर न्याय गरेको बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद् पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंगित गर्दै सरकार मात्रै होइन संसद् पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताए । परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्ष सँगै बसेर काम गर्न नपाइने भन्दै परमादेशले भेट गर्ने मौका दिएको बताए ।

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकतालगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताए । उनले सरकारले बहुपक्षीय तथा द्विपक्षीय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उल्लेख गरे । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने पनि बताए ।

उनले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर