नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गर्दै धर्ना

नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग गर्दै नागरिकताविहीन संघर्ष समितिले धर्ना दिएको छ । शनिबार नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीघ्र प्रमाणीकरण गर्नुपर्ने माग गर्दै नागरिकताविहीन संघर्ष समितिले माइतीघर मण्डलामा धर्ना दिएको हो ।

नागरिकता विधेयक संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारीसमक्ष पुगिसकेको भए पनि उनले हालसम्म प्रमाणीकरण गरेकी छैनन् ।

संघर्ष समितिका अध्यक्ष ईन्द्रजित साफीले आफूहरू नेपाली नागरिकताविहीन हुँदा अनेकौँ सास्ती बेहोर्नुपरेको बताए । उनले आफूहरू नेपाली नागरिक बुबाआमाका सन्तान र नेपाली आमाको सन्तानलाई नागरिकता दिनुपर्ने माग गर्दै आन्दोलित भइरहे पनि हालसम्म मागको सम्बोधन नभएको बताउए । सरकारले आफूहरूको संविधानसम्मत मागलाई पूरा गर्नुपर्ने र राष्ट्रपतिले नागरिकता विधेयकलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्नुपर्ने उनले बताए ।

धर्नामा सहभागिहरूले आफुहरूको भविष्यमाथि खेलबाड नगर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर