नेपालमा गठबन्धन गर्ने संस्कार बसिसक्यो, यो लामो समयसम्म जान्छ : झलनाथ खनाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रूपमा लिन नमिल्ने सम्मानित नेता खनालको तर्क थियो । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब नेपालमा गठबन्धनको राजनीति लामै समय रहने जिकिरसमेत गरे ।

अहिले पनि कोहीले गणतन्त्रवादीसँग र कोहीले राजतन्त्रवादीसँग गठबन्धन गरिरहेको भन्दै सम्मानित नेता खनालले नेपालमा यसले लामै समय लिने आफूलाई लागेको बताए । आगामी निर्वाचनमा पनि एकल बहुमत ल्याउन व्यावहारिक कठिनाइ भएकाले दलहरू कुनै न कुनै रूपमा गठबन्धन गरिरहेको पनि उनले स्मरण गराए । खनालले २०७४ सालको निर्वाचनमा पनि दुई ठूला बामपन्थी दलहरूबीच गठबन्धन भएरै करिब दुई तिहाइको जनमत आएको बताए ।

सम्मानित नेता खनालले देशको अग्रगति र प्रगतिलाई केन्द्र भागमा राखेर गठबन्धन गरेर जान सबै राजनीतिक दलहरू स्वतन्त्र रहेको पनि बताए । उनले केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन सम्झांता गरेर महत्त्वपूर्ण काम गरेको चर्चासमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर