राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुकाे विकल्प छैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् ।

संघीय संसद्को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयकले स्वतः ऐनको रूप लिने दाबी गर्दै उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने तर्कसमेत गरे । शनिबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनीसमेत दिए ।

अध्यक्ष यादवले प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी समेत गरे । मधेशी, आदिवासी, जनजातिलगायतका सबै समुदायको स्वामित्व हुनेगरी संविधान संशोधन गर्ने काम प्रतिनिधि सभाले गर्न नसकेको उनको गुनासो थियो ।

अध्यक्ष यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधि सभा विघटन गरेर मुलुकमा प्रतिगामी कदम चालेको तर त्यसलाई सत्तारूढ पाँच दलको गठबन्धनले रोक्न सफल भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *