बुबा गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने- त्याग उहाँबाट सिकौं

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २५औं पुण्यतिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले जनताको जीविकोपार्जनलाई सहज गराउन आर्थिक क्रान्ति आवश्यक रहेको बताएका हुन् ।

उनले संविधानअनुरूप प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानूनहरू समयमै बनाउनुपर्ने बताए । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै आर्थिक क्रान्ति गर्नुपर्ने उनको भनाइ छ । नेता सिंहले शिक्षालाई सीपसँग जोडेर आधारभूत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने बताए ।

उनले सरकारले देशभरका वडाहरूमा क्लिनिक स्थापना गरी स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै बेरोजगार युवाहरूलाई रोजगार दिनका लागि सबै निर्वाचन क्षेत्रमा तालिमकेन्द्र स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

उनले गणेशमान सिंहले प्रधानमन्त्रीको कुर्सीसमेत त्यागेको उल्लेख गर्दै नेता गणेशमान सिंहबाट समाज परिवर्तनका लागि कतिसम्म त्याग गर्नुपर्छ भन्ने कुराको अनुकरण गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *