महाभियोग टुंगो नलागेसम्म चोलेन्द्र काममा फर्कन मिल्दैन : वरिष्ठ अधिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता एवम् नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाले महाअभियोगको टुंगो नलागेसम्म सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने बताएका छन् ।

प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै जबरा काममा फर्कने तयारीको चर्चा भइरहेका बेला आइतबार सर्वोच्च अदालतको मूलगेटमा पुगेका उनले संविधान र कानूनअनुसार प्रतिनिधि सभाले सो महाभियोगको टुंगो नलगाएसम्म महाअभियुक्तको रूपमा रहेका जबराले सर्वोच्च अदालतको काममा फर्कन नमिल्ने बताए ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यसको टुंगो नलागेसम्म निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा काममा फर्कन नमिल्ने व्यवस्था संविधानको धारा १०१ को उपधारा ६ मा प्रष्ट उल्लेख गरिएको दाबी गरे ।

वरिष्ठ अधिवक्ता श्रेष्ठले प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले संसद्मा हिजै बुझाएको जबरामाथि लगाइएको महाभियोगको छानबिनको रिर्पोट नयाँ आउने प्रतिनिधि सभाले टुंगो लगाउने व्यवस्था रहेको पनि स्पष्ट पारे । उनले आफूहरूले न्यायालयको विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई निरन्तर अघि बढाउने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर