चोलेन्द्रविरुद्धको महाभियोग प्रस्ताव चुनावपछिको प्रतिनिधि सभाले हेर्छ : रामनारायण बिडारी

राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका छन् ।

आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका हुन् ।

उनले संसद् जीवित रहेको पनि बताए । उनले संसद् भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पारे । आवश्यक परेमा संसद्को अधिवेशन बोलाउन सकिने पनि उनले बताए ।

वरिष्ठ अधिवक्ता बिडारीले नेकपा (एमाले)ले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले महाभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पारे ।

उनले महाभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *