नेप्से परिसूचकमा उच्च अंकको गिरावट

साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ ।

पछिल्लो समय निरन्तर रूपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ । आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर बढाउने निर्णय गरेसँगै नेप्से परिसूचक निरन्तर रूपमा उच्च अंकले गिरावट आइरहेको छ ।

नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

आइतबार नेप्से परिसूचक उच्च अंकले घट ेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाइ मूल्य ५.३५ प्रतिशत बढेको छ । त्यसैगरी नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ ।

तर, यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *