
पूर्वमन्त्री श्रेष्ठले भने- तनहुँ १ रामचन्द्र पौडेलका लागि छोडिदिन्छु

नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनमा भागबण्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफूले छोड्न परेको बताए । उनले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताए । नेता श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई नै खोजेको भए पनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नका लागि क्षेत्र छोड्न तयार भएको स्पष्ट पारे ।
नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिए पनि निर्वाचन जित्ने आँट र साहस लिएर अगाडि बढेको बताए ।
- स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार : तत्कालीन निर्देशक मिश्रसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- सगरमाथा संवादमा मोदीजी नेपाल आउनुहुन्न, मेरो समय मिले त्यसअघि नै भारत भ्रमण हुनसक्छ : प्रधानमन्त्री
- प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री ओली
- ‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
प्रतिक्रिया