प्रेम आले भन्छन- डोटीमा गठबन्धन नभए कुनै पनि जिल्लामा हुँदैन

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्न नहुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्न नहुने बताए । उनले गठबन्धन गर्ने भए पनि ७७ वटै जिल्लामा हुनुपर्ने बताए ।

नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरूले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताए । गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्न नहुने उनको भनाइ छ । उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरूको ध्यानाकर्षण भएको बताए ।

उनले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताए । नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिस्पर्धा गर्नसक्ने जाति भएको बताए । उनले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउने गरी लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर