सुनसरीमा गहना लुट्न योजनाबद्ध रूपमा वृद्धाको हत्या, दुई जना पक्राउ

६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ । सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । उनले हत्या गरेको स्विकारेसँगै चोरी र लुटपाटको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।

सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ । घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेसँगै हत्याको घटनामा चोरी तथा लुटपाट प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए ।

घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जितकुमार साहलाई समेत सार्वजनिक गरिएको छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए । सोहीअनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए । उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरले पक्राउ परेका दुवैउपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर