वाणिज्य बैंकहरूले ब्याज बढाउँदैमा निक्षेप बढ्दैन : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरूले ब्याज बढाउनु स्वाभाविक नभएको बताएका छन् ।

बुधबार नेपाल र इण्डोनेशिया एक्स्पोबारे जानकारी कार्यक्रमपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले वाणिज्य बैंकहरूले ब्याज बढाउँदैमा निक्षेप नबढ्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावका कारण व्यावसायिक गतिविधि बढाउन र उद्योगको क्षमता विस्तार गर्नसमेत नसकिएको बताए । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग हुने बताए ।

उनले पछिल्लो समय व्यावसायिक गतिविधि बढ्नुपर्ने अवस्थामा तरलता अभावका कारण व्यापारिक गतिविधिहरू खुम्चिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर