सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन् ।

बिहीबार काठमाडौं समाज कल्याण परिषद्ले ४३औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालजस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट नै ठूलो रूपान्तरण ल्याउन सकिने बताए । उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मूल प्रवाहीकरण गर्नुका साथै उनीहरूको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए । उनले यस्ता समाज सेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाज सेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताए । उनले गैरसरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न आवश्यक रहेको बताए ।

उनले १५ औं योजनामा उल्लेखित सामाजिक विकाससम्बन्धी उद्देश्य र दिगो विकाससम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि सरकार र गैरसरकारी क्षेत्रले एकआपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले गैरसरकारी संस्थाहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्दा जनसहभागिता, दिगोपना, मितव्ययिता, स्थानीय आधारमुृखी श्रमसीप र प्रविधिको अत्यधिक उपयोगलाई प्रोत्साहन गर्नसके गैरसरकारी संस्थाको आवश्यबतम र अपरिहार्यता बढ्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर