वीर अस्पताल अगाडिका औषधी पसलमा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधी पसलहरू रहेको अस्थायी टहरा भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि रहेका औषधी पसलका अस्थायी टहरा भत्काएको हो ।

सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रूपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधी पसलहरूले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । महानगरपालिकाले भने पसलहरू हटाउन बुधबार २४ घण्टे अल्टिमेटम दिएको थियो ।

डोजरसहित पुगेको महानगर प्रहरीको टोलीले अस्पताल अगाडिको सो पुरानो टहरमा डोजर चलाएर औषधी पसल हटाएको छ । शटरहरू प्रयोग गर्न नमिल्ने गरी भत्काइएको छ ।

महानगरपालिकाले यसअघि विभिन्न स्थानमा असंवैधानिक रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ । यसअघि महानगरपालिकाले कोटेश्वर, बानेश्वर, गोंगबु, सोह्रखुट्टेलगायतका स्थानहरूमा बनाइएका अवैध संरचनाहरू भत्काएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर