सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी माओवादीसहितका कम्युनिष्ट दलले निर्वाचन बहिष्कार गर्ने

विभिन्न ४ कम्युनिष्ट दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गर्ने जनाएका हुन् । उनीहरूले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले नागरिकता विधेयकको विरोध गर्नेहरूले नागरिकले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताए । उनले मधेसमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेसमा नागरिकता पाउने खास जाती र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गरे ।

उनले भूमिहीन सुकुम्वासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने माग राखे । उनले नागरिकता वितरण गर्ने काम सबैभन्दा धेरै मधेसमा हुनुपर्ने बताए । उनले नागरिकताको विषयलाई सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले राजनीति गरेको बताए ।

उनले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुवीकरणको सम्भावना रहेको बताए । उनले यस वर्षको चुनावमा हिंसात्मक गतिविधि बढी हुने स्थिति रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर