पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गर्नुभयो : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको ‘मेरा नौ दशक ः पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सुसञ्चालन गर्न सफल भएको बताए । उनले सूर्यबहादुर थापाको आत्मकथा नेपालको इतिहास बुझ्नका लागि गतिलो कृति बन्ने विश्वास व्यक्त गरे । उनले यो आत्मकथा आजका युवा पुस्ता र राजनीतिककर्मीहरूका लागि यादगार कृति हुने बताए ।

प्रधानमन्त्री देउवाले स्व. थापाले नेपाली राजनीतिमा स्मरणयोग्य काम गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *