टरिगाउँ विमानस्थल हरहालतमा बन्नुपर्छ : मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ विमानस्थल जस्तोसुकै अवस्थामा भए पनि बन्नुपर्ने बताएका छन् । बिहीबार तुलसीपुर उपमहानगरपालिकास्थित विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले टरिगाउँ विमानस्थल बनाउनको लागि सरकाले पनि कुनै किसिमको अवरोध गर्न नहुने बताए । मन्त्री चौधरीले दाङका नेताहरू मन्त्री हुँदासमेत विमानस्थल बनाउन नसक्दा दुःख लागेको बताए । उनले टरिगाउँ विमानस्थलमा हरेकपटक मन्त्रीहरू आउने प्रतिबद्धता जनाउने तर काम नगर्ने गरेको आरोप लगाए ।

मन्त्री चौधरीले विमानस्थल निर्माणको लागि तुलसीपुर उपमहानगरपालिकाका मेयर र सम्बन्धित जनप्रतिनिधिहरूले सबैभन्दा बढी चासो राख्नुपर्ने बताए । उनले विमानस्थल विस्तारको बजेटका लागि आफूहरूले पहल गर्ने र सबैले आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

मन्त्री चौधरीले अब टरिगाउँ विमानस्थलमा ७२ सिट क्षमताको प्लेन ल्याण्डिङ गर्नेगरी धावनमार्ग निर्माण गरेर चाडै विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले अब टेक्नोलोजीको समस्यालाई देखाएर वा बहाना बनाएर विमानस्थल सञ्चालन नहुने विषय सह्य नहुने चेतावनी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर