बैंकमा पैसा राखेर १४-१५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य हुन्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताएका छन् । बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन सम्भव नभएको बताए । उनले बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताए ।

अर्थमन्त्री शर्माले जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताए । उनले अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरूले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबै अघि बढ्नुको विकल्प नभएको बताए ।

अर्थमन्त्री शर्माले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको बताए । उनले राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको बताए ।

मन्त्री शर्माले समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने बताए । उनले नेपाल पनि विद्युतीय सवारीमा रुपान्तरण हुनुपर्ने भन्दै नाडा समेत तयार हुनुपर्ने बताए ।

मन्त्री शर्माले अबको एक दशकपछि नेपाल हाइड्रोबाट चल्ने सावारीमा जाने दाबी गरे । अर्थमन्त्री शर्माले अहिलेको नाडा ईभी अटो प्रदर्शनी मात्र नभई वर्तमान आवश्यकता भएको बताए । उनले नेपालको सन्दर्भमा करिब ३ खर्बको पेट्रोलियम इन्धन आयात हुने गरेकोे १६८ अर्बको डिजेल आयात भएको जानकारी दिए ।

मन्त्री शर्माले अब नेपालमा नै विद्युतीय गाडीहरु बनाउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरूले नेपालमा नै विद्युतीय गाडीहरु बनाउने उद्योग चलाए उद्योगको लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा सहयोग गर्न सरकार तयार रहेको बताए । उनले नेपालमा नै एसेम्बल उद्योग स्थापना गर्ने व्यसायीलाई सरकारको नीति तथा कार्यक्रमले सहुलियत दिने स्पष्ट पारेको बताए ।

उनले सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको बताए । मन्त्री शर्माले चारपांग्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताए ।

बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा ९ वटा ब्राण्डका विद्युतीय कार र १६ वटा ब्राण्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन् । धेरैजसो कम्पनीहरूले नयाँ स्कुटर तथा बाइकहरू मात्र सार्वजनिक गर्ने योजना बनाएका छन् ।

स्टल निर्माण तथा बुकिङको लागि कम्पनीहरुले २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च गरेका छन् । ईभी सवारी स्टल राख्ने कम्पनीले नेक्सन ईभीमा बिक्रीमा आकर्षक योजना ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर