ओलीप्रति माधव नेपालको कटाक्ष- ‘कोही धेरै घमण्डी हुन्छन्’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिएका छन् ।

बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिएका हुन् ।

उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताए । उनले मान्छेहरू पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको बताए ।

अध्यक्ष नेपालले स्व. थापामा विद्वतासँगै विनम्रताको उदाहरण रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर