समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले देशको सामाजिक, आर्थिक रूपान्तरणलाई तीव्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सुदृढ गर्ने दायित्व रहेको बताए ।

सम्मानित नेता खनालले स्व. थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताए । उनले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकोले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

नेता खनालले स्व. थापाको जीवन नेपालीहरूका लागि शिक्षा लिन योग्य जीवन रहेको उल्लेख गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर