कम्बोडियामा डुंगा पल्टिँदा २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुंगा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले शुक्रबारको पत्रकार सम्मेलनमा घटनामा संलग्न दुई कम्बोडियन चालक दलका सदस्यलाई पक्राउ गरिएको बताए ।

४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको  प्रवक्ता  फेरोमले एएफपी समाचार समितिलाई बताएका छन् ।

डुंगामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर