‘एमालेले त्रिशूलीको भेलले झैं बगाउने भएपछि सत्तारूढ दलहरू गठबन्धनको त्यान्द्रो समाउँदै छन्’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारूढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

अध्यक्ष ओलीले सत्तारूढ दलहरूलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले त्रिशूलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिर गरे । राष्ट्रिय युवा संघ, नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे ।

अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारूढ गठबन्धन थरर काम्ने गरेको बताए । ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर