संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भयो : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् ।

मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानविपरीत काम गरेको बताएकी हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानून र विगतका सरकारहरूले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणित नगरेर गल्ती गरेको बताइन् । मन्त्री भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रूपमा रहेको उल्लेख गरेको भन्दै त्यसलाई विवादमा पार्ने काम गर्न नहुने स्पष्ट पारिन् ।

उनले सो विधेयकलाई देखाएर आगामी मंसिर ४ गतेका लागि घोषित प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निर्वाध ढंगले अघि बढाउने काममा सहयोग गर्न पनि बुद्धिजीवी, नागरिक समाज र सचेत नेपाली जनतालाई आह्वान गरिन् । निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री भुसालले राष्ट्रपतिजस्तो सम्मानजनक अभिभावकत्व ग्रहण गरेको संस्था विवादमा नपरोस् भन्नेमा आफूहरू सजग रहेको समेत बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर