सेनाका उच्च अधिकारी दशैंको मुखमा घर जाँदै, जंगी अड्डामा बढुवाको चर्चा

नेपाली सेनामा प्रधानसेनापति प्रभुराम शर्मापछिको जिम्मेबारीमा रहेका भाइस चिफ अफ आर्मी स्टाफ बलाधिकृत रथी बालकृष्ण कार्कीले बडादशैंको फुलपातीदेखि बिदामा बस्ने जनाउ दिएका छन् । उनी असोजभित्र नै अनिबार्य अवकाशमा जाँदैछन् ।

नेपाली सेनाभित्र इमानदार र उच्च कार्यसम्पादन क्षमता भएका २४ बेसिकका बलाधिकृत रथी कार्कीको अवकाशसँगै बलाध्यक्ष रथी सरोजप्रताप राणालाई उनको जिम्मेबारीमा लगिने छ । बलाधिकृत रथी कार्कीसँगै उपरथी गोकुल भण्डारी समेत अवकाशमा जाँदैछन् ।

सेनामा एउटा रथी र दुईवटा उपरथी पद रिक्त हुने भएसँगै जंगी अड्डामा बढुवाको चर्चा सुरु भएको छ । यो बढुवाले भावी प्रधानसेनापतिको दौडलाई प्रभावित नगर्ने भएपनि यही बढुवाको बाटोले भावी प्रधानसेनापतिको मार्ग प्रशस्तगर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ ।

सैनिक उच्चस्रोतका अनुसार यसपटक बालाध्यक्ष रथीको जिम्मेबारी सहित २५ बेसिकका उपरथी सिताराम खड्काको बढुवा हुने लगभग पक्का जस्तै छ । केही दिनमै जंगी अड्डाले उनको नाम बढुवाका लागि रक्षा मन्त्रालयमा पठाउने तयारी गरिरहेको छ ।
उनको बढुवापछि रिक्त हुने उपरथी र गोकुल भण्डारीको रिक्त हुने उपरथी पदका लागि यसपटक सहायक रथी विजय थापा र आश बहादुरा तामाङको बढुवा हुने तय छ ।

तर, यो बढुवाको एकवर्षपछि नै रथी सिताराम खड्का घर जानेछन् । यसपछि पनि २५ बेसिकमा रथी, उपरथी र सहायक रथीहरु घरजानेछन् ।

त्यसपछिकाे रथी बढुवा रोचक हुनेछ ।

अहिले सेनाभित्र भावी प्रधानसेनापतिका रुपमा हेरिएका ताराध्वज पाण्डे र अशोकराज सिग्देल चर्चामा रहेका छन् । यस्तै उपरथी बढुवाका लागि कृष्णदेव भट्ट र सुदर्शन सिलवास अघि रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर