विकासको नाममा संरचना भत्काउनु हुँदैन : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक शहरमा विकासको नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् ।

आइतबार ‘विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवं हनुमानढोका’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताए । उनले पहिलाका भौतिक संरचनाहरूको संरक्षण गर्नसके मात्रै सम्पदाको महत्त्व रहने भन्दै काठमाडौंलाई पर्यटकीय नगरी बनाउनुपर्ने बताए ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई दिगो बनाउन मन्त्रालयले पर्यटन दशक घोषणा गरेको र अब क्रमशः देशको पर्यटनको काममा मन्त्रालय लागिपर्ने प्रतिबद्धता जनाए । उनले पर्यटनबाट नै देशमा रोजगारी र आर्थिकोपार्जन हुने भन्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले अहिलेको समाजले आधुनिकताको नाममा पुराना संस्कृतिलाई भुल्दै जान थालेको बताए । उनले मन्त्रालयले पुरानै शैलीमा संरचनाहरूको स्थापना गर्ने योजना बनाएको बताए ।

उनले पर्यटकीय संरचना निर्माणसँगै काठमाडौं उपत्यकालाई नै कसरी पर्यटकीय क्षेत्र बनाउने भन्ने बारेमा पनि मन्त्रालयले कयोजनाबद्ध रूपमा काम गरिरहेको बताए । उनले पर्यटकीय क्षेत्रमा पर्यटकीय वातावरण बनाउने योजना बनाएर अघि बढ्न नसक्दा पर्यटकहरूलाई भित्र्याउन नसकेको बताए ।

हनुमानढोकादेखि स्वयम्भूसम्म २.२ किलोमिटरको सम्पदामार्ग निर्माण हुँदैछ । पर्यटकहरूलाई शान्तिपूर्ण रूपमा अवलोकन गराउने उद्देश्यले यो सम्पदामार्ग निर्माण गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताए ।

यो सम्पदामार्गमा ट्रेल सञ्चालन हुने र सांस्कृतिक सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने उल्लेख उले उल्लेख गरे । उनले पुराना सीप, शैली, पेशा, व्यवसायलाई पुनःस्थापित गरी कसरी रोजगारी सिर्जना गर्ने भन्ने बारेमा सोच्न जरुरी रहेको बताए ।

काठमाडौंका पर्यटकीय स्थानको भ्रमणका लागि पर्यटकहरूलाई घुमाउन ४० जना जनशक्ति परिचालन गरेको उनले बताए । मन्त्री श्रेष्ठले पर्यटकहरूले शान्तिपूर्ण रूपमा यात्रा गर्न नपाएको गुनासो गरिरहेको भन्दै यो सम्पदामार्गमा सम्भव भएसम्म मोटरसाइकल, अन्य सवारी चल्न नदिने गरी निर्माणको व्यवस्था गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर