अनधिकृत रूपमा विदेशी मुद्रा विदेश लैजान खोज्ने तीन जनाविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले अनधिकृत रूपमा परिवर्त्य विदेशी विनिमय अवैध रूपमा ओसारपसार गरेको अभियोगमा सतमान पुनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले पुनले आठ हजार दुई सय ३० बराबरको यूरो अनधिकृत रूपमा विदेश लैजान खोजेको आरोप लगाएको छ ।

पुन गत असार २४ गते पुन काठमाडौंबाट दोहा हुँदै बेल्जियम जान लागेका थिए । रुकुमपूर्व उत्तरगङ्गा–१० घर भई बेल्जियमको नागरिकसमेत भइसकेका पुन विदेशी विमिनय अपचलन गरेको अभियोगमा पक्राउ परेका थिए । कुनै पनि विदेशी नागरिकले नेपाल आउँदा ल्याएको रकम भन्सार स्वघोषणा गरेकोबाहेक पाँच हजार अमेरिकी डलर वा सो बराबरको परिवत्र्य मुद्रा मात्रै फिर्ता लैजान पाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमयसम्बन्धी परिपत्रको समेत पुनले बर्खीलाप गरेको पाइएकाले मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । विभागले गत भदौ ३० गते पुनविरुद्ध मुद्दा दर्ता गरेको भए पनि आवश्यक प्रक्रिया पुर्‍याउन समय लागेकाले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको जनाएको छ ।

यस्तै विभागले भारतीय नागरिक अंकुर घनश्याम पटेलविरुद्ध पनि जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार आरोपी पटेलले पनि छ लाख ३५ हजार चार सय रुपैयाँ बराबरको विदेशी परिवर्त्य मुद्रा अनधिकृत रूपमा विदेश लैजान खोजेको पाइएको छ । विभागले आरोपी पटेलले विदेश लैजान खोजेको रकम जफत गरी जरिवानासमेत माग दाबी गर्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ ।

विभागले नवलपरासीको सरावल गाँउपालिका–३ का आनन्दप्रसाद कलवारविरुद्ध ४३ लाख ७४ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै यही असोज ६ गते जिल्ला अदालत धादिङमा मुद्दा दर्ता गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्ले धादिङले कलवारलाई केही समय पहिले पक्राउ गरेको थियो । विभागले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर