संघीय संरचनाअनुरूप अपेक्षित विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले संघीय संरचनाअनुरूप अपेक्षित विकास हुन नसकेको बताएका छन् । आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले अहिले समय सापेक्ष परिवर्तन गर्न सकिएन भने समृद्धि ल्याउन नसकिने जिकिर गरे । उनले विश्वमा द्वन्द्वपछि मुलुकमा विकास भएको उदाहरण रहे पनि नेपालमा भने त्यो हुन नसकेको बताए ।

उनले कतिपय नीतिहरू संघीय संरचनाअनुरूप परिवर्तन गरेर जान नसक्दा धेरै समस्याहरू आएको बताए । उनले आउने निर्वाचित सरकारले नीतिहरू परिवर्तन गरी अघि बढ्नसके देशको आर्थिक विकास सम्भव रहेको बताउनु भयो । उनले देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्नै गाह्रो हुने बताए ।

मन्त्री श्रेष्ठले पर्यटन, जलविद्युत, वनजंगल र जडिबुटीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्ने कुरा अध्ययन अनुसन्धान गरेर नीति बनाए १० वर्षमा नेपाल कायायपलट हुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर