बाजागाजासहित नयाँ घर सर्दै प्रचण्डले भने- ‘गाउँमै फर्किएँ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफू गाँउमै फर्किएको बताएका छन् ।

भरतपुर महानगरपालिका–१४ स्थित भीमसेननगरमा बनाएकाे नयाँ घरमा सर्दै प्रचण्डले यस्ताे भनेका हुन् । सोमबार घटस्थापनाको साइत पारेर उनले गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् ।

बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरू रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए ।

उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन् । यसअघि उनी चितवन आउँदा छोरी भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको घरमा बस्थे । अब आफ्नै घरमा बसेर राजनैतिक गतिविधि सक्रिय बनाउनेछन् ।

मंसिर ४ मा निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चितवन केन्द्रित बन्न थालेका छन् । विगत तीन दिनदेखि उनी चितवनमै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *