सांसदहरू आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरू आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल कानून समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संसद्को पाँच वर्ष : एक सिंहावलोकन अनुगमन तथा परीवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरू दलको कब्जामा रहँदा संघीय संसद्ले पाँचवर्षे कार्यकालमा जनताले अनुभूति गर्नेगरी कानून निर्माणको काम गर्न नसकेको बताए । उनले विकास निर्माणको काममा बढी ध्यान दिनुपर्ने भएकाले पनि सांसदहरूले कानून निर्माणको काममा ध्यान दिन नसकेको बताए ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरूको मूल काम कानून निर्माण गर्ने भएकाले त्यसैमा ध्यान दिन आवश्यक रहेको बताए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसद्लाई गैरसंसदीय प्रक्रियामा लैजाने काम नगर्न पनि राजनीतिक दलहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *