कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकमा काठमाडौंकै हालीमुहाली

नेपाली कांग्रेसले काठमाडौंमा १३ जना नेताहरुलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार बनाएकाे छ । त्यसैगरी वागमती प्रदेशसभामा १४ जनालाई उम्मेदवार बनाएको छ ।

२ सय ७५ सांसद रहने प्रतिनिधिसभातर्फ समानुपातिकबाट १ सय १० जना निर्वाचित हुन्छन् । यो संख्याको समानुपातिकतर्फको करिब १२ प्रतिशत हो । देशभरबाट प्रनिधिसभाका उम्मेदवार तय गरिन्छ ।

प्रदेशमा भने करिब एक तिहाई समानुपातिक उम्मेदवार काठमाडौं जिल्लाबाट बनाएको छ । १ सय १० सदस्यीय प्रदेश सभामा ४४ जना समानुपातिकबाट निर्वाचित हुन्छन् ।

कांग्रेस उम्मेदवारी सन्तुलनकारी नभएको भन्दै असन्तुष्टी सुरु भएको छ । काठमाडौं ६ मा प्रतिनिधिसभा तथा प्रदेशसभाका  एक जना समानुपातिक सूचीमा परेका छन् ।

प्रतिनिधिसभा तर्फ निर्वाचन क्षेत्र नम्बर २ बाट ४ जना परेका छन् । जबकी प्रदेशसभामा निर्वाचन क्षेत्र ४ को ७ जना उम्मेदवार रहेका छन् । निर्वाचन २, ३ र ९ बाट प्रदेशसभामा एक जना पनि रेका छन् भने प्रतिनिधिसभामा निर्वाचन क्षेत्र १० बाट कसैको नाम छैन ।
को को परे कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक सूचीमा

क्षेत्र नम्बर १

प्रतिनिधि सभा:
मोहन राई

प्रदेश सभा

प्रवल थापा
शान्ता ढकाल
लिलेन्द्र प्रधान

क्षेत्र नम्बर २

प्रतिनिधि सभा:

प्रतिमा गौतम
हरिशरण नेपाली
अमृत कार्की
सोना परियार

क्षेत्र नम्बर ३

प्रतिनिधि सभा
अम्बिका बस्नेत

क्षेत्र नम्बर ४

प्रतिनिधि सभा

कर्मा छिरिङ शेर्पा

प्रदेश सभा
राजु श्रेष्ठ
नरोत्तम बैध
सानु श्रेष्ठ
ईन्द्र बहादुर थापा
याङ्किला शेर्पा
राजन बिक
मिनु पराजुली

क्षेत्र नम्बर ५

प्रतिनिधि सभा
डा. प्रकाश शरण महत
प्रदेश सभा
तारा लामा

क्षेत्र नम्बर ६
(शून्य)

क्षेत्र नम्बर ७

प्रतिनिधि सभा
सरोज थापा

प्रदेश सभा
पुनम लामा

क्षेत्र नम्बर ८

प्रतिनिधि सभा

सपना राजभण्डारी जोशी

प्रदेश सभा

राज्यलक्ष्मी श्रेष्ठ

क्षेत्र नम्बर ९

प्रतिनिधि सभा

दामोदर गौतम
किरण गिरी
समिता खड्की

क्षेत्र नम्बर १०

प्रदेश सभा
यमुना देवी श्रेष्ठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *