काठमाडौंमा मनाइयो जर्मन एकता दिवस र दक्षिण एशिया इन्स्टिच्युटको वार्षिकोत्सव

काठमाडौंमा मंगलबार जर्मन एकता दिवस र दक्षिण एशिया इन्स्टिच्युटको वार्षिकोत्सव मनाइएको छ। संघीय गणतन्त्र जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र श्रीमती अनुजा प्रिन्जले जर्मन एकता दिवस र साउथ एशिया इन्स्टिच्युट, हेडलबर्ग युनिभर्सिटीको काठमाडौं शाखा कार्यालयको ३५औं वार्षिकोत्सव उनको निवासमा ४०० भन्दा बढी पाहुनाहरूले मनाएका हुन् ।

यस वर्ष हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एशिया इन्स्टिच्युट (एसएआई)ले आफ्नो ६०औं वार्षिकोत्सव र यसको काठमाडौं शाखा कार्यालयले ३५औं वार्षिकोत्सव मनाउँदैछ । यस अवधिमा नेपालमा अनुसन्धानलाई प्रवर्द्धन गर्न एसएआईले महत्त्वपूर्ण भूमिका खेलेको र भविष्यमा पनि शैक्षिक सहकार्यलाई निरन्तरता दिने काठमाडौंस्थित जर्मन दूतावासले जनाएको छ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरू, राजनीतिक दलका नेताहरू, काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरू, नागरिक समाजका सदस्यहरू, मानव अधिकार अभियन्ताहरू, व्यवसायीहरू, सञ्चारकर्मीहरूलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

राजदूत डा. प्रिञ्चले स्वागत मन्तव्यमा भने, ‘नेपालले राजनीतिक र सामाजिक आर्थिक विकासको क्षेत्रमा पछिल्लो समय गरेको राम्रो प्रगतिलाई मध्यनजर गर्दै जर्मनीले नेपालसँगको विकास सहयोगलाई निरन्तरता दिने निर्णय यस वर्ष नेपालसँगको हाम्रो द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण क्षणको रुपमा रहेको छ।’

३३ वर्षअघि १९८९ मा तथाकथित ‘बर्लिन पर्खाल’ भत्कियो । त्यो पर्खाल जसले सन् १९६३ देखि जर्मनीको पूर्वी र पश्चिमी भागलाई विभाजन गर्दै आएको थियो। ‘बर्लिनर माउर’ (बर्लिन पर्खाल) असन्तुष्ट पूर्वी जर्मनहरूलाई पश्चिम जर्मनी प्रवेश गर्नबाट भौतिक रूपमा रोक्नका लागि बनाईएको थियो।

१९८९ को शान्तिपूर्ण क्रान्तिले नोभेम्बर ९, १९८९ मा सीमाना खोल्न नेतृत्व गर्‍याे, जसले २८ वर्षपछि पहिलोपटक जर्मनहरूलाई सम्पूर्ण देशमा स्वतन्त्र रूपमा आवतजावत गर्ने वातावरण बन्यो। यसबाट पूर्व र पश्चिमबीच नयाँ किसिमको अन्तरक्रिया सुरु भएको र सम्पूर्ण युरोपलाई पुनः एकताबद्ध गरेको दूतावासले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *