आरजुको हातकाे टीका लगाउँदै लोसपा सांसद चन्दा चौधरी कांग्रेस प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टीकी प्रतिनिधि सभा सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनी कांग्रेसमा प्रवेश गरेकी हुन्।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले चौधरीलाई टीका लगाइदिएर पार्टीमा स्वागत गरेकी छन्।

सर्लाही–४ बाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेकी चौधरी पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *