आगामी निर्वाचनमा राप्रपा पहिलो शक्ति बन्छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन् । मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उनको भनाइ छ ।

रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका अगुवा नेताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढन पनि निर्देशन दिए । उनले प्रतिनिधि सभा र प्रदेश सभाको सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै उच्च मनोबलका साथ निर्वाचनको तयारीमा जुट्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

अध्यक्ष लिङ्देनले निर्वाचनमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रलगायतका नेताहरूलाई स्वागत गर्दै उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर