सशस्त्र प्रहरीका डीआईजी र एसएसपीकाे सरूवा समायाेजन

सशस्त्र प्रहरी बल, नेपालले मन्त्रिपरिषदको २१ भदौंको निर्णयानुसार नयाँ बनेको सीमा सुरक्षा विभाग र कार्य विभागका लागि एकजना प्राविधिकसहित तीन डीआईजी र एकजना प्राविधिकसहित तीनजना वरिष्ठ उपरीक्षकको सरुवा समायोजना गरेको छ ।

सशस्त्र प्रहरीले थप भएको एउटा अतिरिक्त महानिरीक्षक अन्तरगत रहनेगरि कार्य विभाग र सीमा सुरक्षा विभागमा उनीहरुको सरुवा समायोजन गरेको हो ।

यसरी सरुवा समायोजन हुनेमा कार्य तथा सीम विभागको दरबन्दीबाट सीमा सुरक्षा विभागमा डीआईजी गणेश बहादुर ठाडा मगर, कालीदास धौवजी र इन्जिनियर संदीप थापा रहेका छन् ।

यस्तै कार्य तथा सीमा विभागमा रहेका वरिष्ठ उपरीक्षक कृष्ण ढकाल, राजेन्द्र खड्का र प्राविधिक वरिष्ठ उपरीक्षक इन्जिनियर प्रमोदकुमार शाहको सीमा सुरक्षा विभागमा सरुवा समायोजन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर