बैंकको ब्याजदर चाँडै घट्छ : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।

उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे । उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल्लेख गरे ।

मिश्रले मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा नभएको बताए । उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पु¥याउने रेमिट्यान्स प्रत्येक महिनामा बढ्दै गइरहेको बताए ।

उनले नेपालमा रेमिट्यान्स तथा विदेशी पर्यटनको आगमन बढेकाले अर्थतन्त्रमा थप सुधार आउने बताए । उनले आगामी मौद्रिक नीतिको समीक्षामा खुशी प्राप्त हुनसक्ने संकेत देखिएको बताए ।

उनले कृषि र पर्यटनबाट क्षेत्रको विकासबाट नै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भव रहेको बताए । उनले मुलुक आत्मनिर्भर बन्न लामो पाइला चलाउन आवश्यक भएको भन्दै सरकार र निजी क्षेत्र सबै मिलेर जानुको विकल्प नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर